वैदेशिक लगानी भनिएको अरुण तेस्रोमा नेपाली बैंकको १४ अर्ब लगानी

६ बर्ष अगाडि

काठमाडौं । वैदेशिक लगानी ल्याउने भनिएपनि भारतीय कम्पनीले ढाटेको छ ।

उसले नेपाली बैंकलाई नै लगानी गर्न लगाउने भएको छ । जानकारहरुका अनुसार भारतीय कम्पनी सतजलले नेपाली बैंकबाट मात्रै १४ अर्ब पैसा उठाउन लागेको छ । आज एक होटलमा आयोजना हुने सम्झतामा नेपाली बैंकले १४ अर्ब लगानी गर्ने स्म्बन्धी सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

जानकारहरुका अनुसार एभरेष्ट र नबिल बैंकले आयोजनामा लगानी गर्न लागेका हुन् । विदेशी लगानी  भित्र्याउने भनिएपनि भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज विद्युत् निगमले नेपाली बैंकबाटै १४ अर्ब रुपैयाँ उठाउने विषय आफैमा नमिल्दो भएको बताइन्छ ।

भारतीय कम्पनी सतजलले आयोजना निर्माणका लागि एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी नेपालमा दर्ता गरेको छ । बिहिबार आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको छ ।

आजब हुने वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा नेपाली तथा भारतीय बैंकका अधिकारीले उपस्थित हुने कार्यक्रम रहेको छ ।

आयोजनाले दिएको जानकारी अनुसार नेपाली बैंकबाट करिब ९ अर्ब भारतीय रुपैयाँ अर्थात् १४ अर्ब नेपाली रुपैयाँ नेपाली बैंकबाट उठाइने भएको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजनामको भौतिक निर्माण करिब ३० प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाका पदाधिकारीका अनुसार आयोजनामा एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

सो आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा गत २०७५ चैत १६ मा सम्झौता गरेका थिए । विदेशी लगानी भित्रयाउने भनिएपनि आयोजनाले नेपाली बैंकबाटै पैसा उठाउन लागेको हो । यसअघि चिनियाँ लगानी रहको होङसी शिवम सिमेन्टले पनि नेपाली बैंकबाटै १६ अर्ब लगानी जुटाएको थियो ।

एजजेभिएनले संखुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा पुगेको भएपनि वित्तीय व्यवस्थापन नगरेको भन्दै आलोचना भइरहेको थियो ।

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुने भएकाले भारतीय कम्पनीले मिति पर सारेको गुनासो पनि उठेको थियो । गत २०७५ चैतमा भएको लगानी सम्मेलन तथा केही महिना अगाडि सम्पन्न भएको पावर समिटका क्रममा समेत भारतीय कम्पनीले छिट्टै वित्तीय व्यवस्थापन गर्ने जनाएको थियो ।

आयोजनाका अनुसार बिहिबार नेपालका २ र भारतका विभिन्न ७ वटा बैंकले १ खर्ब बराबरको लगानी स्म्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजनाको लगानी सम्बन्धी रकम टुंगो लागेपनि कामले थप गति लिने विश्वास गरिएको छ । लगानी बोर्डले संयोजन गरिरहेको सो आयोजनालाई सन् २०२३भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सतजल भन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतजलको भने निर्माण प्रगति एवम् वित्तीय व्यवस्थापन समेत हुन लागेको हो ।

सरकारले आयोजनालाई०७४ कात्तिक २७ गते ६ महिनाको समयसीमा दिएर वित्तीय व्यवस्थापन गर्न भनेको थियो । सरकारले दिएको समय सीमा गुजारेरै भएपनि आयोजनाले वित्तीय व्यवस्थापन गर्न लागेको हो ।

बोर्डले दिएको समयसीमा २०७५ वैशाखमा नै सकिएको थियो । आयोजनाको काम धमाधम अगाडि बढेकाले बोर्डले पनि खासै चासो राखेको थिएन, बरु आयोजना धमाधम अगाडि बढाउन भन्दै आएको थियो । हालसम्म खर्च भएको रकम सतजल विद्युत् निगमको स्वपूँजीबाटै खर्च भइरहेको छ । त्यसमा भारत सरकारले नै बजेट उपलब्ध गराएको थियो ।

आयोजनाका पदाधिकारीका अनुसार अरुण तेस्रोमा स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतीय एक्जिम, पञ्जाब नेशनल र युनियन बैंक अफ इन्डियाले ऋण लगानी गर्ने भएका हुन् ।

शुरुमा आयोजनाको लागत १ खर्ब ४ अर्ब हुने भनिएपनि आल लागत बढेर १ खर्ब १६ अर्ब पुगेको छ । शुरुको लागत भन्दा करिब १२ अर्ब थप लागत बढेको छ ।

तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गराएका थिए । हाल आयोजनाको बाध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको शिलान्याश गरेका थिए । आयोजनाबाट उत्पादन हुने ९०० मेगावाट मध्ये नेपालले १९७ मेगावाट विद्युत् निशुल्क पाउनेछ ।

हाल आयोजनाको प्रसारण लाइन निर्माणको समेत काम शुरु भएको छ । आयोजना स्थल संखुवासभाबाट , भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन प्राधिकरणको ढल्केबरस्थित ४ सय केभी क्षमताको सवस्टेशनमा जोडिन्छ ।

आयोजना आगामी २५ वर्षपछि नेपाल सरकारले पाउनेछ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया