मादल बनाउन छाला र उसिको काठ अभाव

६ बर्ष अगाडि

मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुख्यौली पेशा जोगाउन हम्मे हम्मे  भएको छ ।  

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ‘माइला मादल पसल’ सञ्चालक ‘माइला दाई’ ले परिचित उहाँ आफ्नो पुख्यौली पेशाको बिँडो जसोतसो थाम्दै आएका छन् । 

एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर आधुनिक बाजागाजाले मादल बनाउने पेशा लोप हुने अवस्थामा पुगेको उनले बताए।  दीपावलीमा देउसीभैलोको समय अलि अलि मादल बिक्री हुन्छ । 

उनले भने, “मैले बुबा स्व थमनसिंले मादल बनाएको हेरी हेरी मादल बनाउन सिकेर यस पेशालाई अगाल्दै आएको हुँ ।” पछिल्लो समय यस पेशाबाट परिवार पाल्न पनि धौ धौ हुने गरेको उनले गुनासो गरे।  शुक्लागण्डकी नगरपालिका क्षेत्रमा उनी एक मात्र मादल व्यवसायी हुन ।  ग्राहकको चाहाना अनुरुप मादल, सारङ्गी, ड्रमसेट, खैजडी, झ्याली मुजुरालगायत नौमती पञ्चेबाजाका सबै सामग्री उपलब्ध गराउँदै आएको छु । उनले भने, “नौमती पञ्चेबाजका नर्सिया र सन्नाई अन्य स्थानबाट ल्याएर भए पनि यहीबाट उपलब्ध गराउँदै आएको छु ।” 

बाद्यबाजनको छाला र उतिसको काठ आवश्यक पर्ने हुँदा पर्याप्त मात्रामा पाउन नसकिएको उनले गरे।  गत वर्ष डेढ÷दुई लाखको मादललगायत सामग्री बिक्री गरेको भए पनि यस वर्ष मुश्किलले डेढ लाख बराबरको सामग्री बिक्री भएको उनले जानकारी दिए।

गत वर्ष सिलगढीबाट रु तीन लाख मूल्य बराबरको छाला ल्याउँदै गर्दा त्रिशूलीमा ट्रक खस्दा नोक्सान व्यर्होनुपरेको दुखेसो पोख्दै उनले भने, “कही कतैबाट सहयोग पाउन नसक्दा व्यवसाय सञ्चालनमा समेत समस्या भएको छ ।”
 
उनी स्याङ्जाको चिन्नेबासबाट विसं २०६५ मा दुलेगौडामा बसाईसराई गरी आएका थिए। उनले पञ्चमुनिदेव, खैरेनी तथा अरनिको माध्यमिकलगायत करीब एक दर्जन सामुदायिक तथा निजी विद्यालयमा मादल तथा आर्थिक सहयोग गर्दै आउनुभएको जानकारी दिए। 

स्थानीय तहबाट उपेक्षित

मरेका वस्तुको छाला पाउनको लागि पटक पटक स्थानीय तहमा निवेदन दिँदा कुनै चासो नदेखाएको उनले बताए। शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले मरेका पशुको छाला काढ्न दिने अधिकार स्थानीय तहलाई नभएकोले जानकारी दिए।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया