सनराइज बैंकका ग्राहकलाई होटल अन्नपुर्णमा विशेष सुविधा

६ बर्ष अगाडि

 काठमाडौं–सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेस्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । 

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको छ ।

सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज तथा पोखरा स्थित फिस्टेल लजमा फूड, वेभरेज अनि वेकरीमा भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरेर १५५ सम्मको छुट लिन सक्नेछन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया