चल्ला मार्ने व्यवसायी, कारबाही भोग्ने उपभोक्ता

६ बर्ष अगाडि

देशमा धेरै कुखुरा उत्पादन भएको कारण मासुको मूल्य नबढेपछि गत मंसिरको अन्तिम साता व्यवासयीले जिउँदा चल्ला मार्ने अभियान चलाए। 

नेपाल ह्याचरी उद्योग संघले मंसिर २९ देखि पुस ८ सम्म चलाएको ब्रोइलर र कोइलर जातको कुखुराको जिउँदा चल्ला मार्ने अभियानका कारण उत्पादन रोकियो । त्यसको असर अहिले मासु बजारमा परेको छ । 

एक महिना अघि ६० लाख चल्ला मार्ने अभियान चलाएको कारण उत्पादन नभएपछि अहिले एकसातामै १ सय ३० रुपैयाँसम्म मासुको मूल्य बढेको छ ।   

पुस अन्तिम हप्ता प्रतिकेजी २८० रूपैयाँ रहेको कुखुराको मासु अहिले प्रतिकेजी ४१० देखि ४२० रूपैयाँसम्म पुगेको छ । 

मासुको मूल्य बृद्धि हुँदा उपभोक्तालाई त मार पर्छ नै, मासु पसलेहरुले समेत आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । 

‘हामीले कोल्डस्टोरबाट किनेको कुखुरा काटेर बेच्दा ३०/३५ रुपैयाँ नाफा हुने हो, ’ थापागाउँका मासु पसले बजिर कार्कीले भन्छन् ‘धेरै बेच्दा धेरै फाईदा हुन्थ्यो तर मूल्य बढेपछि थोरै बिक्री हुँदा हामी पनि मर्कामा छौँ ।’ 
मासुको मूल्य वृद्धिमा आफ्नो हात नहुने भएपनि ग्राहकले पनि मूल्य बढाएको भन्दै आफूहरुसँग रिसाउने गरेको उनको भनाई छ ।

ह्याचरी व्यवसायीले करिब ५० लाख चल्ला र ५० करोड मूल्य बराबरको अण्डा नष्ट गरेका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया