नेपालीले ६ महिनामा १४ करोडको तास किनेका छन् । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा पछिल्लो ६ महिनामा १४ करोड ८३ लाख ५४ हजारको तास आयात भएको छ ।
कूल ८८ लाख ५३ हजार ४४ प्याकेट तास आयात भएको विभागले जनाएको छ ।
यो अवधीमा चीनबाट बसबैभन्दा धेरै ७६ लाख ९५ हजार ८ सय ७७ प्याकेट तास भित्रिएको छ ।
नेपालले भारत, मलेसिया, थाइल्याण्ड र अमेरिकाबाट पनि तास आयात गरेको विभागले जनाएको छ ।
विभागले अघिल्लो वर्षभन्दा यो वर्षभने कम तास किनेको छ ।
प्रतिक्रिया