संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १० जिल्लामा दशवर्षदेखि उत्खनन भएको ढुंगा, गिटी वालुवाको विवरण मागेको छ ।
काठमाडौं, कास्की, काभ्रे, नवलपरासी, चितवन, उदयपुर, नेपालगञ्ज, सुनसरी, मोरंग, धनगढी र धादिङ जिल्लाको १० वर्षको विवरण मागेको हो।
मन्त्रालयले आज सम्बन्धित जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै उत्खखनन भएको नदिजन्य पदार्थ परिणाम, लागत, टेण्डर प्रकृया र दररेट समेत खुलाएर विवरण माग गरेको छ ।
प्रत्येक वर्षको अलग अलग विश्लेषणात्मक प्रतिवेदन तयार गरि तीनदिनभित्र पठाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया