काठमाडौं – हिमालयन डिष्ट्रीलरीले चाल आर्थिक बर्षको दोस्रो रू. २५ करोड ४० लाख २० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सो अवधीमा रू. १८ करोड ५८ लाख १२ हजार नाफा कमाएको थियो ।
पुस मसान्तसम्म कम्पनीले रु. १ अर्ब ८ करोड १० लाख आम्दानी गरको छ । तर, गत आवको सो अधवीमा रू. १ अर्ब १२ करोड २४ लाख आम्दानी गरको थियो । जसअनुसार यो अवधमिा कम्पनीको आम्दानी घटेको देखिन्छ । यद्यपि, कम्पनीको आम्दानी घटेपनि नाफा पनि बढेको छ । कम्पनीले उत्पादन सहितका अन्य खर्च घटाएका कारण नाफा बढेको देखिन्छ । हाल कम्पनीको चुक्तापुँजी रू. ५७ करोड ८४ लाख ६८ हजार रहेको छ ।
कम्पनीको प्रमुख वित्तिय अनुपात
प्रति शेयर आम्दानीः रु.८७.८३
पीई अनुपातः १४.१३
प्रति शेयर नेटवर्थः रु. १८०.०७
प्रति शेयर कुल सम्पत्तिको अनुपातः रु.१८५.८०
तरलता अनुपातः १.७५
प्रतिक्रिया