सुनको मुल्य घट्यो

६ बर्ष अगाडि

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो । 
यस्तैगरी तेजावी सुन तोलमा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया