युरोपेली लगानी बैंकले नेपालको विद्युत विस्तार तथा स्तरोन्नतीतका लागि १२ अर्ब ७६ करोड ऋण एक सय मिलियन युरो ऋण सहायता गर्ने भएको छ ।
मन्त्रीपरिषदको पुस २८ को बैंठकले उक्त ऋण स्विकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।
सो रकमबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका विद्युत नपुगेका ठाउँमा विद्युत पु¥याउने र विद्युत पुगेर पनि समस्या भएका स्थानमा सुधार गर्न खर्च गरिने उनको भनाई छ ।
प्रतिक्रिया