७ हजार ५८५ केजी सूर्ती लिलामीमा, कहान्बाट आयो यस्त्रो सुर्ती

६ बर्ष अगाडि

काठमाडौं । नेपालका भन्सार कार्यालयले के कस्ता सामान लिलामी गर्लान् ? तपाईको सहज उत्तर आउन सक्छ । अत्याश्यक सामग्री त लिलामी गर्ला नी । तर यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भने यस पटक सुर्ती तथा सुर्तीजन्य पदार्थको लिलामी गर्न लागेको छ ।


वैदेशिक रोजगारीमा जाने युवाले आफ्नो दैनिक उपभोगका लागि  विदेश लैजान खोजेका सूर्ती तथा सुर्तीजन्य पदार्थ भन्सार कार्यालय वा विमानस्थलको सुरक्षाकर्मीले पक्राउ गरेको सुर्तीजन्य पदार्थको लिलामी गर्न लागेको जनाएको छ । 

भन्सार कार्यालयले आवश्इक कारवाहीका लागि दाखिला ुन आएका आव २०७५÷७६, २०७६÷७७ मा नियन्त्रणमा लिएका कूल ७ हजार ५८५ केजी सुर्तीजन्य पदार्थ लिलामी गर्न लागिएको हो ।

उक्त परिमाणको मूल्य ४४ लाख ३७ हजार २२५ बराबरको सुर्ती लिलामी गर्न लागिएको हो । सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इच्छुक व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया