११ करोड २६ लाख बैंकमा जम्मा गरेसगैँ महालक्ष्मी सुगर मिल आजबाट सञ्चालनमा

६ बर्ष अगाडि

सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ  ।

किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि  सञ्चालनमा  आउन लागेको हो । 

सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए ।

गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए । 

सो मिलले किसानको करीब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।“किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि  सञ्चालन हुन्छ ।”

६ बर्ष अगाडि

प्रतिक्रिया