विदेशी लगानी १६ प्रतिशत बढ्यो तर मासिक बृद्धिदर भने घट्दो

६ बर्ष अगाडि

चालु आर्थिक वर्षको चार महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) गत वर्षको तुलनामा १६ प्रतिशतले बढेको छ । 

गत वर्षको पहिलो चौमासिकमा ४ अर्ब २३ करोड लगानी भित्रिएकोमा यो वर्ष करिब ५ अर्ब लगानी भित्रिएको हो । 

यो वर्ष भित्रिएको एफडीआईमध्ये धेरै जलविद्युत्, पर्यटन र सिमेण्ट उद्योगमा आएको छ । 

सरकारले लगानीसम्बन्धी नीति बनाएको, नेतृत्वबाट आर्थिक विकासको प्रतिवद्धता, उद्योग विभागमा विदेशी लगानीकर्ताका लागि एकलविन्दु सेवा, लगानी सम्मेलन तथा आर्थिक वृद्धिदरका कारण नेपालमा विदेशी लगानीकर्ताहरुको आकर्षण बढेको विज्ञहरुको भनाई छ । 

लगानी बढेपनि विदेशी लगानीकर्ताहरुले नेपालमा प्रतिवद्धता अनुसारको लगानी भने गरेका छैनन् । 

नेपालमा आर्थिक वर्ष २०७४/०७५ मा ५५ अर्ब ७६ करोड प्रतिवद्धतामध्ये १७ अर्ब ५१ करोड र ०७५/०७६ मा २५ अर्ब ४८ करोड प्रतिवद्धतामध्ये आधामात्रै लगानी भित्रिएको थियो । 

नेपालमा ३ सयको हाराहारीमा विदेशी लगानीका उद्योग छन् । जसमा भारत, चीन, आयरल्याण्ड, सिंगापुर, जापान, युएई लगायतका देशका लगानीकर्ता छन् । 

हाल नेपालमा विदेशबाट आएको पूँजी र सञ्चित नाफासमेत एफडीआईको आकार करिब २ खर्ब रुपैयाँको छ । 

चुक्ता पुँजीका आधारमा सबैभन्दा धेरै लगानी भारतको छ । सञ्चित नाफा समेतका आधारमा भने अन्य मूलुकको लगानी धेरै छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया