अनलाईन व्यवसायका नाममा ठगी गर्ने ५ जना पक्राउ

६ बर्ष अगाडि

अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका(३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन, काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय सुशिल गुरुङ रहेका छन् ।

उउपत्यकाको बिभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका उनीहरुले अनलाईनमार्फत् ठगी धन्दा संचालन गरेको भन्ने सूचनाको आधारमा नीहरूलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया