काठमाडौं – पछिल्लो समय निरन्तर बढेर नयाँ उचाईमा पुगेको सुनको मुल्य मंगलबार भने घटेको छ । हिजो सुनको मुल्यले प्रतितेला रू. ७६ हजारमा पुगेर नयाँ किर्तिमान राखेको थियो । तर, आज भने सुनको मल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकानुसार आज सुनको मुल्य प्रतितोला रू. ७५ हजार ५०० कायम गरिएको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला रू. ७५ हजार ३०० तोकिएको छ ।
साथै, चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९२० मा कारोबार भएको चाँदीको मुल्य आज भने ९०० मा झरेको छ ।
प्रतिक्रिया