रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखीने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयले सोमबार एक सूचना जारी गरी गर्दै कालोसूचीमा राख्ने निर्णय गरेको हो।
उक्त निर्माण व्यवसायीले कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउँने कार्यालयले जनाएको छ।
उक्त निर्माण व्यवसायीले कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबै सार्वजनिक निकायहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया