सुनको मुल्यले दैनिक नयाँ किर्तिमान राख्दैः आज पनि बढ्यो मुल्य

६ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ किर्तिमान राख्दै आएको छ । सुनको मुल्यले गत शुक्रबारदेखि नै नयाँ किर्तिमान राख्दै आएको हो । 
नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार सोमबार पनि सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबारका लागि सुनको मुल्य प्रतितोला रू. ७६ हजार तोकिएको महासंघको भनाइ छ, जुन हालसम्मकै महंगो हो । 
यद्यपि, यो नै अन्तिम मुल्य भने होइन । सुनको मुल्य अझै बढ्न सक्ने बताइएको थियो ।  अमेरिका र चीनको व्यापार युद्धका कारण गत भदौ १८ गते सुनको मुल्य रू. ७३ हजार ५०० पुगेको थियो । त्यसपछि झिनो रुपमा घट्न थालेको सुनको मुल्य अहिले भने इरान र अमेरिका बीचको तनावका कारण बढ्दै गएको छ । 
अमेकिारले केही दिन अघि इरानको शैन्य अधिकारी मारेपछि दुई देश बीच तिक्तता बढ्दै गएको छ । जसको फलस्वरुप  अन्तरराष्ट्रिय अर्थतन्त्रमा ह्रास आउने आशंका गरिएको छ र सुनको मुल्य बढ्न थालेको छ ।
गत शुक्रबार सुनको मुल्य रू. ७४ हजार ५ सय रहेको थियो । यस्तै, आइतबार पनि त्यो बढेर रू. ७५ हजार ५०० रुपैयाँँमा पुग्यो । यसरी निरन्तर किर्तिमान राख्दै आएको सुनको मूल्यले सोमबार पनि बढेर नयाँ किर्तिमान राखेको छ । यस्तै, चाँदीको मुल्य पनि प्रतिोला ९२० रुपैयाँ पुगेको छ, जुन हालसम्म कै उच्च हो । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया