नेपालले पाँच महिनामा बेच्याे १ अर्ब १३ करोडको महिलाका कपडा

६ बर्ष अगाडि

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट एक अर्ब १३ करोड ८३ लाख ५५ हजार रुपैयाँको महिलाको पोशाक निर्यात भएको छ । 

गएको साउनदेखि मंसिरसम्म ६ लाख २६ हजार ७ सय ९४ गोटा महिला र केटीहरुले लगाउने पोशाक विदेश निर्यात भएको भन्सार विभागले जनाएको छ । 

नेपालबाट महिला र केटीहरुले लगाउने मात्र विदेशमा पाँच ब्राण्डका २५ प्रकारका तयारी पोशाक  विदेशमा निर्यात भएको तथ्याङ्क रहेको छ । 

पाँच महिनाको अवधिमा सबैभन्दा धेरै ‘कटन’को लुगा विदेश निर्यात भएको छ भने  सबैभन्दा कम रेशमको लुगा निर्यात भएको देखिन्छ । 

नेपालबाट ४८ करोड ५४ लाख ५५ हजार रुपैयाँको महिलाले लगाउने कटनको ज्याकेट र  ब्लेजरहरू विदेश निर्यात भएको छ । कटनका १० लााख ४९ हजार दुई सय ७९ गोटा लुगा निर्यात भएएको तथ्यांक छ। 

त्यस्तै कटनको अन्य कपडा २५ करोड ३२ लाख ६८ हजार  रुपैयाँको निर्यात भएको भन्सार विभागले जनाएको छ । 

त्यस्तै पाँच महिनामा २० करोड ५१ लाख ६५ हजार मूल्य बराबरको कटनकै ट्राउजर, ब्रिकेचहरू तथा अन्य सामान  निर्यात भएको छ । 

त्यस्तै ब्लाउज, सर्ट लगायतका सामान ६ करोड ९१ लाख ५७ हजार रुपैयाँको निर्यात भएको छ । 
थियो । जसमा १ लाख आठ अजार दुई सय त्रिस्ठी ओटा लुगाहरु निर्यात भएको थियो । 

कैकको ज्याकेट, ब्रेजरहरूको मूल्य तिन करोड ७४ लाख १७ हजार रुपैयाँको निर्यात भएको छ । 

कटनको सूटहरु दुई करोड ८५ लाख नौ हजार मूल्य बराबरको, रेशमबाट बनेको ब्लाउज र शर्टहरुको एक कारेड ५० लाख १४ हजार रुपैयाँको, कटनको ब्लाउज र शर्ट ९५ लाख ९६ हजार, स्कर्ट हरु ७६ लाख ८१ हजार रुपैयाँको निर्यात भएको थियो । 

बुनेको तथा फेब्रिक ज्याकेटहरु ५९ लाख ४० हजार रुपैयाँको निर्यात भएको थियो । 

अन्य कपडाजन्य सामग्री, ४९ लाख ५३ हजार, फेब्रिकजन्य कपडा ४३ लाख ३२ हजारको निर्यात भएको थियो ।  

जनावरको रौंबाट बनेको ज्याकेट र ब्लेजरहरूको मूल्य ३१ लाख ९७ हजार, ब्लाउज र शर्ट २८ लाख ५७ हजार बराबरको निर्यात भएको तथ्यांक छ । 

कपासबाट बनेको ट्राउजर, बिब र ब्रेसहरु २१ लाख ४९ हजार रुपैयाँ, ऊनबाट बनेको सूटहरुको ११ लाख ४९ हजार, ऊनबाट बनेको अन्य कपडा १० लाख दुई हजार बराबरको निर्यात भएको छ । 

त्यस्तै फाइबरबाट बनेको हातबुना कपडा तीन लाख ६२ हजार, अन्य सामग्री तीन लाख ६५ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया