जुम्लावासीले बनाएको निगालोका सामग्री लोकप्रिय बन्दै

६ बर्ष अगाडि

जुम्लाको तिला, रारा लिही र हिमा गाउँपालिकाका स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन् । 

पेस नेपालको  सहयोगमा स्थानीयस्तरमै उत्पादन हुने निगालो बाँसबाट दैनिक प्रयोगमा आउने डोको, नाङ्लो, मुढा, टोकरी, डालोलगायतका सामग्री बनाउन थालिएको हो ।

“घरायसी प्रयोगमा आउने सामग्रीको अध्ययन गर्नका लागि एकमहिने तालीम दिएका हौँ”, संस्थाका अध्यक्ष किशोर न्यौपानेले भने । तालीमबाट स्थानीयवासीले राम्रो काम गरेको र उनीहरुलाई व्यवसायमा  कुनै  कुराको सहयोग गर्न आफू र आफ्नो संस्था तयार  भएको उनले बताए । 
 
 नेपालगञ्ज र सुर्खेतबाट आयात हुने गरेको मुढा, दराज,  कुर्सी,  डोका र नाङ्लो जस्ता सामग्री गाउँमै उत्पादन हुन थालेपछि स्थानीयवासीको जीवनस्तरमा सुधार आउने हिमा गाउँपालिका–६ का जनकबहादुर रोकायाले बताए । गाउँमै सामग्री निर्माण हुन थालेपछि उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया