भाउ बढेको प्याजको हिसाब : पाँच महिनामा ८४ लाखको निर्यात, १ अर्ब ७८ करोडको आयात

६ बर्ष अगाडि

नेपालले पछिल्लो ५ महिनाको अवधिमा ८४ लाखको प्याज विदेश निर्यात गरेको छ । गएको साउन देखि मंसिरसम्म नेपालले ८४ लाख २६ हजार रुपैयाँ बराबरको प्याज निर्यात गरेको हो । 

नेपालले पाँच महिनामा भारत, कतार र सिंगापुरमा १८ हजार ७ सय ३५ किलो प्याज विदेश निर्यात गरेको हो ।

यस अवधिमा भारतमा १३ हजार ५ सय किलो सुकेको प्याज निर्यात गरेको थियो । भारत निर्यात भएको प्याज ८१ लाख ८५ हजार रुपैयाँको थियो । 

त्यस्तै कतारमा प्याज र स्यालट्स ४ हजार ९ सय ८० किलो निर्यात भएको छ । १ लाख ७६ हजार बराबरको प्याज निर्यात कतार निर्यात गरेको थियो । 

त्यस्तै सिंगापुरमा रु ६६ हजारको २५६ किलो प्याज निर्यात गरेको तथ्यांक छ । 

यो अवधिमा नेपालले भारत, चीन र नामिभियाबाट १ अर्ब ७८ करोड ८३ लाख भन्दा धेरैको ४ करोड ५१ लाख ७१ हजार किलो प्याज आयात गरेको छ ।

भारतबाट मात्रै  १ अर्ब ५८ करोड १९ लाखको प्याज आयात भएको थियो । त्यसमध्ये ताजा १ अर्ब ५४ करोड ६८ लाख र सुकेको ३ करोड ५० लाख रुपैयाँ बराबरको प्याज भारतबाट आयात भएको थियो । 

त्यस्तै चीनबाट सुकेको ८ करोड २१ लाख ३९ हजार र ताजा १२ करोड ३८ लाख ५२ हजार गरी २८ करोड ५९ लाख ९१ हजार मूल्यको प्याज आयात भएको छ । 

यो अवधिमा नामिभियाबाट पनि ३ लाख ८९ हजार रुपैयाँको प्याज नेपाल भित्रीएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया