तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ २०२०’ पुष २५ देखि २७ सम्म काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा हुने भएको छ ।
नेपाली बहुमूल्य गरगहनाको मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ गर्न लागिएको आयोजक नेपाल रत्न तथा आभुषण संघले जानकारी दिएको छ ।
संघका अनुसार यस अघि सन् २०११ र २०१४ मा पनि संघले क्रमशः पहिलो र दोश्रो जेम एण्ड ज्वेलरी एक्स्पो सम्पन्न भएको थियो ।
नेपालमा अर्बोंं लगानी भइसकेको गरगहना व्यवसायले वार्षिक करिब रु. आठ अर्व भन्दा बढी रकम राजश्वमा योगदान गरिरहेको संघले जनाएको छ ।
सरकारले जेम एण्ड ज्वेलरी समेतका विभिन्न ३६ वटा वस्तु तथा सेवालाई निर्यातका अधिक सम्भावनायुक्त वस्तु तथा सेवाको श्रेणीमा वर्गिकृत गरेपनि आभुषण निर्यातले अपेक्षित गति लिन नसकेको हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक आभुषण प्रतिको आकर्षण बढाउन एक्सो गर्न लागिएको हो ।
संघका अनुसार एक्स्पो समुद्घाटन एवं संचलान हुनु भन्दा एक दिन अघि नेपाली मौलिक गहनाहरुको “फेशन शो” आयोजना गरिने छ ।
उक्त “फेशन शो” मा भारत लगायत अन्य केही मित्र राष्ट्रहरुका ख्याति प्राप्त कलाकारहरुले नेपाली आभुषणहरु पहिरिने छन् ।
नेपाल सरकार, नेपाल स्थीत कुटनीतिक नियोगहरु लगायत निजी क्षेत्रका महासंघ, संघ आदि संस्थाहरुसँग सहकार्य गरिने एक्सोमा मुलुकका प्रमुख एवं प्रतिष्ठित करिव ४० वटा ज्वेलर्स कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रदर्शन गर्ने जनाइएको छ ।
एक्स्पोको दश हजार भन्दा बढीले अवलोकन गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया