सुनचाँदीको मुल्य हालसम्मकै उच्च, तोलाको कति ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा सुनको मुल्य पुनः हालसम्म कै उच्च विन्दुमा पुगेको छ । आज सुनको मुल्य २ सयले बढेर प्रतितोला रू. ७३ हजार ५०० पुगेको छ, जुन हालसम्म कै सबैभन्दा उच्च हो । 
यसअघि भदौ १८ गते पनि सुनको मुल्य प्रतितोला ७३ हजार ५०० पुगेको थियो । अमेरिका र चीन बीचको व्यापार युद्धको कारण विश्व शेयर बजारमा ह्रास आउने डरले लगानीकर्ताहरुले सुन किनेर होल्ड गर्ने गरेका छन्, जसको फल स्वरूप विश्वबजारमा सुनको मुल्य बढेको छ र त्यसैको प्रभावले नेपालमा पनि सुनको मुल्य आकाशिएको हो ।
सामान्य अवस्थामा नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६० हजारको हारहारीमा थियो । तर अहिले ७० हजार भन्दा बढी छ । 
सोमबार सुनको मुल्य प्रतितोला रू. ७३ हजार ३०० थियो । यस्तै, आज तेजावी सुनको मुल्य रू. ७३ हजार २०० रहेको थियो । यसैगरि चाँदीको मुल्य प्रतिोला रू. ९०० पुगेको छ । चाँदीको मुल्य पनि हालसम्म कै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो चाँदीको मुल्य ८९० थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया