सुनको मूल्य तोलामा ७३ हजार ३००

६ बर्ष अगाडि

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।  साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया