लगानीकर्तालाई अर्थमन्त्रीको कटाक्ष, बर्षदिनमै प्रतिफल खोज्ने भए धान रोप्नुस्

६ बर्ष अगाडि

काठमाडौं – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री अर्थात् अर्थमन्त्री किरण गुरूङले व्यवसायीहरूलाई दिर्घकालिन सोचका साथ लगानी गर्न आग्रह गरेका छन् । व्यवसायीले धैर्यता देखाउन सके मात्रा व्यवसायमा प्रतिफल प्राप्त गर्न सकिने उनको भनाइ छ ।
तसर्थ, लगानीकर्ताले दिर्घकालिन सोचका साथ कुनै पनि क्षेत्रमा लगानी गनुपर्ने उनको भनाइ छ । उनले छोटो समयमा नै प्रतिफल पाउन नसकिने बताए । उनले भने, ‘उद्योगमा लगानी गरेपछि  प्रतिफल पाउन समय लाग्छ । यदि, बर्षदिनमा नै प्रतिफल खोज्ने भए खेतमा धान रोप्नुस् ।’ सरकारले पनि रातारात प्रतिफल कमाउन नसक्ने उनको भनाइ छ ।
हालै बागलुङमा सम्पन्न बागलङ इन्भेष्टमेन्ट टकमा उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा उद्योगी शेखर गोल्छा, मान बहादुर गुरूङ, चन्द्र ढकाल लगायतका व्यवसायीले सरकारले लगानीमैत्री बातावरण र प्रतिफलको ग्यारेण्टी गर्न सकने बागलुङमा लगानी गर्न सकिने बताएका थिए । उनीहरूकै प्रति उत्तरमा मन्त्री गुरूङले यस्तो बताएका हुन् ।
यस्तै, उनले लगानीमैत्री बातावरण बन्ने बिषयमा ढुक्क हुन आग्रह गरे । उनले भने, ‘पहिले राजनीतिक अस्थीरताका कारण लगानीमैत्री बातावरण हुन सकेन, अहिले राजनीतिक स्थिरता आएका कारण लगानीमैत्री बातावरण बन्छ । तपाईहरु ढुक्क भएर लगानी गर्नुस ।’
सम्मेलनमा गोल्छा र गुरूङले बागलुङमा लगानी गर्ने प्रतिबद्धता दिएका छन् । तर, स्थानीय समेत रहेका चन्द्र ढकालले भने कुनै प्रतिवद्धता देखाएनन् । बागलुङमा केही व्यवसायीक काम गर्ने योजनामा रहेको उनको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया