सरकारले रुग्ण आयोजनाको म्याद एक वर्षका लागि बढाएकोे छ।
सार्वजनिक खरीद नियमावली संशोधन गरेर म्याद बढाएको हो। सरकारले यसअघि रुग्न आयोजनाको म्याद थप नगर्नै साथै ठेक्का समेत खारेज गर्र्नै भनेको थियो तर निर्माण व्यवसायीहरु त्यस बिषयमा असहमति जानाउदै आन्दोलित बनेका थिए।
सार्वजनिक खरिद नियमावलीको यो संशोधनपछि भने व्यवसायीहरु खुसी भएका छन् ।
सरकारले संशोधित सार्वजनिक खरिद नियमावली छिट्टै राजपत्रमा प्रकाशित गर्नै पनि निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले बताए ।
राजपत्रमा प्रकाशन भएपछि यो नियमावली पनि लागु हुनेछ । सार्वजनिक खरिद नियमावलीको यो नवौं संशोधन हो ।
प्रतिक्रिया