राजधानीमा तरकारी बजार खाेल्न पनि संयुक्त राष्ट्रसंघकाे भर, १५ वटा सहकारी तरकारी तथा फलफुल बजार खुल्दै

६ बर्ष अगाडि

सरकाररले देशभरी १५ वटा सहकारी तरकारी तथा फलफुल बजार निर्माण गर्ने भएको छ ।

तरकारी बजारमा सक्रिया विचौलियो प्रणालीको अन्त्य गर्न १ अर्ब १४ करोड लगानीमा सरकारले बजार विस्तार गर्ने भएको हो । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा काठमाडौं सहित आसपासका ६ जिल्लामा संकलन केन्द्र र सहकारी बजार स्थापना गर्न लागिएको हो । 

काठमाडौमा चार वटा अन्य स्थानमा ११ वटा बजार निर्माण गर्न लागिएको भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका उप सचिव अनन्त बस्नेतले बताए । 

नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, चितवनमा संकलन केन्द्र तथा तरकारी बजार र काठमाडौं उपत्यकामा चार ठाउँमा तरकारी बजार स्थापना हुने भएको छ।

बजार निर्माणका लागि अनुमान गरिएको रकमध्ये ५१ करोड सरकारले र २० करोड यूएनडीपीले खर्च गर्नेछन्।

नपुग ४४ करोड रुपैयाँ सरकार र यूएनडीपीले लगानी गर्ने भएका छन्। बजार व्यवस्थापन भइसकेपछि यस कार्यक्रमले तरकारी र फलफूलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार काठमाडौंको चाबहिलमा सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी तीन महिनाभित्रै बजार सञ्चालन हुनेछ ।

चाबहिलको सरस्वतीनगर, ललितपुरको महालक्ष्मी नगरपालिकामा स्टाटेलाइट बजार निर्माण हुनेछ। काठमाडौं उपत्यकाका अन्य ठाउँमा जग्गा खरिद तथा लिजमा लिनेकाम सुरु भएको मन्त्रालयले जनाएको छ ।

चितवनमा क्षेत्रीय र काठमाडौंमा केन्द्रीय बजार स्थापना हुन हुनेछ। तरकारी बजारका लागि १८ स्थानीय तहका ७२ वटा सहकारी छनोट भएका छन्। पकेटक्षेत्रका रूपमा ती संस्था छनोट गरिएको हो।

६ बर्ष अगाडि

प्रतिक्रिया