भाटभटेनी सुपरमार्केट खोल्नका लागि मीनबहादुर गुरुङले बाग्लुङ्गमा निःशुल्क जग्गा मागेका छन् ।
बाग्लुङ्ग महोत्सवको अवसरमा आयोजित बाग्लुङ इन्भेष्टमेन्ट टकमा सहभागी हुन पुगेका भाटभटेनीका अध्यक्ष गुरुङले स्थानीय सरकारसँग निःशुल्क जग्गा माग गरेका हुन् ।
‘म प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्दछु कि तपाईहरुले निःशुल्क जग्गा उपलब्ध गराइदिनुहोस्, म १० महिनाभित्र भाटभटेनी सञ्चालनमा ल्याउँछु,’ गुरुङले भने ।
दुई दशकअघि ३५ हजार रुपैयाँबाट किराना पसल शुरु गरेर हालसम्म देशका मूख्य सहरहरुमा १७ वटा आउटलेट रहेको बताए ।
भाटभटेनीले अहिले ८र१० हजार जनालाई रोजगारी दिएको र ५० हजार जनालाई रोजगारी दिने लक्ष्य रहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले भाटभटेनीलाई बाग्लुङमा जग्गा उपलब्ध गराउन र सहयोग गर्न तयार रहेको बताए ।
प्रतिक्रिया