एकैपटक धेरै नियम, व्यवसायिक वातावरणमा समस्या : गोल्छा

६ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले एकैपटक धेरै नियम लगाउँदा व्यवसाण्कि वातावरण विग्रेको बताएका छन् । 

सरकारले असल नियतले नियम कानूनहरु ल्याएपनि एकैपटक गरेकाले समस्या उत्पन्न भएको उनको भनाई छ । 
 
‘सरकारले कर र बैंक ऋणलगायत धेरै कुरालाई व्यवस्थित गर्न खोजेको छ, तर एकैपटक धेरैवटा नियम कानून लगाउँदा अन्यौलको अवस्था सिर्जना भएको छ,’ बाग्लुङ्गमा आज भएको बाग्लुङ ‘इन्भेस्टमेन्ट टक’मा बोल्दै गोल्छाले भने, ‘साना तथा मझौला उद्योग लगाउँछु भन्नेले बैंकबाट ऋण पाउन झन कठिन भएको छ ।’

उनले व्यवसायीहरु केही त्रसित भएका भएको भन्दै यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए ।

आगामी दिनमा महासंघले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरी विकास गर्नका लागि तीव्र लविङ गर्ने उनले सुनाए ।

६ बर्ष अगाडि

प्रतिक्रिया