काठमाडौं – सरकारले उखुको मूल्य प्रति कुन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको छ । एक वर्षअघि सरकराले उखुको मूल्य प्रति कुन्टल ४७१ रुपैयाँ २८ पैसा तोकेको थियो ।
सरकारले उखुको मूल्य प्रति क्वीटल ६५ रुपैयाँ २८ पैसा वृद्धि गर्ने निर्णय गरेको सरकारले जनाएको छ ।
उखुको मूल्य प्रति कुन्टल ५३६ रुपैयाँ ५६ पैसामा त्यसभित्र उद्योगीको ढुवानी खर्च र नाफा पनि जोडिएको छ । उद्योगीले किसानलाई भुक्तानी गर्ने मूल्य भने अस्पष्ट भएको छ ।
उखुको मूल्य वृद्धिबाट किसान र उद्योगी सबैलाई फाइदा हुने सरकारको दावी छ ।
उखुको मूल्य वद्धिपछि चिनीको मूल्य कतिले वृद्धि हुन्छ र उपभोक्तालाई कति असर पर्छ भन्ने बारेमा सरकारले केही बताएको छैन ।
नेपाल चिनी उद्योग संघका अनुसार हाल चिनीको फ्याक्ट्री मूल्य किलोको रु ७८ निर्धारण गरिएको छ । उखुको मूल्य वृद्धिसँग अब चिनीको मूल्य पनि बढ्ने उद्योगीले बताएका छन् ।
प्रतिक्रिया