आज साताको चौथो दिन आज बुधवार नेपाली बजारमा सुन तथा चाँदीको मुल्यमा केहि बृद्धी भएको छ।
हिजो मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७२ हजार २ सय रहेको थियो । तर आज तोलामा ६ सयले बृद्धि भइ प्रतितोला सुन ७२ हजार ८ सय मा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ७२ हजार ५ सय रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ७५ रहेको थियो । तर आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ८ सय ८५ मा कारोबार भएको थियो।
प्रतिक्रिया