सुन चाँदीको मुल्य बढ्यो

६ बर्ष अगाडि

साताको दोस्रो दिन आज (सोमवार) सुन तथा चादीको मुल्य केहि बढेको छ। आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७१ हजार ६ सय रहेको थियो ।

भने  आज सुन तोलामा ३ सयले बढेर  प्रतितोला सुनको मूल्य ७१ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७१ हजार ३ सय रहेको छ ।

साथै आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँले  बढेको छ । आइतवार प्रतितोला चाँदीको मूल्य ८ सय ५५ रहेको थियो । आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ८ सय ६० मा कारोबार भइरहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया