शुक्रवार सुनचाँदीको मुल्य कति ?

६ बर्ष अगाडि

तीन दिनदेखि बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । गत बुधबारदेखि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि गत तीन दिनदेखि स्थिर रहेको छ । महासंघका अनुसार बुधबारदेखि चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया