त्रिभुवन विमानस्थलमा एक करोडको विदेशी मदिरा लिलामीमा

६ बर्ष अगाडि

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ करोड भन्दा धेरै मूल्यको विदेशी मदिरा लिलामी गर्ने भएको हो । 

यात्रुजाँचको क्रममा जफत गरेको रु १ करोड ९ लाख ८६ हजार २६५ बराबरको ५ हजार ७ सय ३८ बोत्तल मदिरा लिलामी गर्ने कार्यालयले जनाएको छ । 

‘झिटी गुण्टा भारी ऐन’ अनुसार विदेशबाट फर्किने नेपालीले १ लिटरको परिमाणमा १ बोतलसम्म मदिरा ल्याउन पाउने व्यवस्था भएपनि सो भन्दा धेरै परिणाममा ल्याएको मदिरा विमानस्थल भन्सारले जफत गरेर लिलामी गर्ने गर्छ । 

गत आर्थिक वर्षमा जफत गरेको ६ हजार ७ सय ५८ बोतल मदिरा लिलामीका लागि गत कार्तिक १८ गते सूचना जारी गरेपनि बिक्री नभएपछि दोश्रोपटक सूचना जारी गरेको कार्यालयले जनाएको छ । 

कार्यालयका भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार अन्तशुल्कमा दर्ता भएका र नवीकरण गरिएका कम्पनी, फर्म वा व्यक्तिले मदिरा किन्न पाउँनेछन्।

लिलामी गरेको मदिरा सकार्नेहरुले मंसिर ८ देखि १५ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने छ ।  

त्यसका लागि आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी राख्नुपर्ने छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया