यस्तो छ आज सुनको मूल्य

६ बर्ष अगाडि

काठमाडौँ – सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ। 

साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७० हजार पाँच सय रुपैयाामा कारोबार भइरहेको छ। सोमाबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया