धान बिक्री गर्ने किसानको घुइँचो

६ बर्ष अगाडि

बाँके र बर्दियाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने कृषकको घुइँचो बढेको छ । कम्पनीले ती दुवै जिल्लाबाट अहिलेसम्म २६ हजार क्विन्टल धान खरिद गरिसकेको छ । यस वर्ष कृषि मन्त्रालयले समयमा धानको मूल्य निर्धारण गरेपछि कम्पनीमा बर्दिया र बाँकेमा धान बिक्री गर्ने कृषकको सङ्ख्या बढेको हो । 

कम्पनीले प्रतिक्विन्टल मकवानपुर धानको रु दुई हजार ७००, मोटा धानको रु दुई हजार   ५३२ र मध्यम धानको रु दुई हजार ६७३ मूल्यनिर्धारण गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया