नेपाल एयरलाइन्सको बोइङ किन्न तीन कम्पनीको प्रस्ताव

६ बर्ष अगाडि

नेपाल एयरलाइन्सको बोइङ किन्न तीन कम्पनीले प्रस्ताव गरेका छन । संस्थाले बोलकाबोलको माध्ययमबाट गरेको टेन्डर आव्हानमा ति तीन कम्पनीले चासो दिएका हुन ।

एभियोन एभिएसन, एमके एभिएसन र एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले बोइङ किन्न चासो देखाएका छन ।

नेपाल एयरलाइन्सले  बोइङ विक्रीका लागि कात्तिक २६ गते तेस्रोपटक सूचना प्रकाशित गरेको थियो।

२७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको थियो।

परामर्शदाताले ५२ लाख अमेरिकी डलरमा विक्री गर्न सुझाव दिएको भएता पनि योग्यता पुगेको प्रस्ताव नआएपछि तेस्रो पटक सूचना प्रकाशित गरेको थियो।

एयरलाइन्सले यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको छ। प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा जसले बढी कबोल गर्छ उसैले जहाज पाउने छ।

बोइङ ७५७ जहाजमा २ ओटा रोल्सरोयसका इन्जिन छन्। योसँगै जहाजका लागि स्टक पाटपुर्जा पनि किन्नेले पाउने छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया