जागिरेलाई लक्षित गर्दै बैंक फाईनान्सिङसहित मेरो घरले घर निर्माण योजना ल्याएको छ । अब बन्छ हजुरको घर नाम दिईएको यो अफरमा घर निर्माणदेखि वित्तय सुबिधासम्म उपलब्ध हुने बताएको छ । यो अफर एनएमबी बैंकसँग मिलेर ल्याईएको हो ।
यो अफरमा जग्गाधभनीले घर बनाउनका लागी २५ बर्षसम्म ऋण पाउने छन भने ग्राहकका् इच्छा अनुसार घरको डिजाइनदेखि पूर्ण निर्माणसम्मको सेवा पाउने बताईएको छ ।
त्यस्तै पूर्ण निर्माण सम्पन्न नभएसम्म १२ महिना अवधिसम्म किस्ता भुक्तान गर्न पर्दैन । घर निर्माणमा शत् प्रतिशत कर्जा सुविधा उपलब्ध हुनेछ।
ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू लागु हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया