आज देखी 'चाइना– तिब्बत– नेपाल इकोनोमीक एण्ड ट्रेड फियर'

६ बर्ष अगाडि

नेपाल चीन उद्योग वाणिज्य संघको सहकार्यमा आजबाट चाइना तिब्बत नेपाल इकोनकेमीक एण्ड ट्रेड फियर त्रिपुरेश्वरमा सुरु हुने भएको छ । 

चीनीया वाणिज्य मन्त्रालय र तिव्वत बोर्डर ट्रेड चेम्बरको आयोजनामा हुन लागेको उक्त फियरमा नेपाल चीन उद्योग वाणिज्य संघले सहकार्य गरेको हो ।

हिजो नेपाल चीन उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा बताएको हो ।

उक्त कार्यक्रम नोभेम्बर २५ देखि २८ सम्म त्रिपुरेश्वर स्थित वर्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा आयोजना हुने बताइएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रमको उद्घाटन आज एक कार्यक्रमका साथ विहान ११ बजे हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया