काठमाडौं – महानगरीय ट्राफिक वृत्त स्वयम्भूले एक जना पठाओ चालकलाई कारबाही गरेको छ । ऐन विपरस्त निजी सवारीमा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरीले बा ७७ प ८१९९ नम्बरको पठाओमा आबद्ध मोटरसाइकललाई कारबाही गरेको हो ।
गतवर्ष माघ १ मा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चारओटा टुटल र पठाओ चालकलाई कारबाही गरेपछि निजी सवारीमा यात्रु बोक्ने टुटल र पठाओ विवादमा मुछिएका थिए ।
उक्त कारबाहीपछि सरकारको व्यापक आलोचना भएकोमा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओ सञ्चालनमा रोक नलगाउन निर्देशन दिएका थिए ।
गत आइतवार यातायात व्यवस्था विभागले निजी सवारीमा यात्रु नबोक्न निर्देशन दिँदै कारबाही गर्ने चेतावनी दिएको थियो । कारबाही गर्ने चेतावनीसँगै गतवर्ष चैतदेखि सेलाएको टुटल÷पठाओको विवाद पुनः तात्तिन पुगेको छ ।
आर्थिक अभियानबाट
प्रतिक्रिया