नेपाल टेलिकम र एनसेलद्वारा साढे ४ अर्बको दूरसञ्चार उपकरण आयात

६ बर्ष अगाडि

चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा दुई मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले साढे ४ अर्ब रुपैयाँ बराबरका दूरसञ्चार उपकरण आयात गरेका छन् । टेलिकम कम्पनीहरूले पूर्वाधार निर्माणमा तीव्रता दिएसँगै यस वर्ष दूरसञ्चार उपकरण आयात ह्वात्तै बढेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालू आवको पहिलो चौमासिकसम्ममा टेलिकम कम्पनीहरूले चार अर्ब ५६ करोड १९ लाख रुपैयाँका दूरसञ्चार उपकरण आयातको सिफारिश लिएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४ अर्ब १३ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा ५४ करोड ८७ लाख रुपैयाँ बराबरका उपकरण आयात भएको थियो । 

प्राधिकरणका अनुसार साउनदेखि कात्तिक महीनासम्म नेपाल टेलिकम र एनसेलबाहेक अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी लगायत कुनै कम्पनीले उपकरण आयात गरेका छैनन् ।  हाल टेलिकमले ३२ जिल्लाका ५९ शहरमा फोरजी सेवा दिइसकेको छ । 

यस अवधिमा नेपाल टेलिकमले मात्रै यो २ अर्ब ७८ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको उपकरण भ्त्रिाएकोछ ।
आर्थिक अभियानबाट

६ बर्ष अगाडि

प्रतिक्रिया