उद्योग मन्त्रालय समाजवादउन्मुख

६ बर्ष अगाडि

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । 

तेश्रोपटक मन्त्री भएपछि बिहिबार कार्यभार सम्हाल्दै उनले आफू पुरानो ढर्राले अघि नबढ्ने बताए । 

दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने पनि उनको भनाइ छ ।

‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ’ उनले भने, ‘पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’

कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपर्नेगरी कार्यसम्पादन गर्न उनले कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् ।

‘यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ’, उनले भने ।

पहिलोपटक तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा श्रम मन्त्री बनेका भट्ट डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया