उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा विशेष आर्थिक क्षेत्र ९सेज० बाट आधा दर्जन उद्योग बाहिरएका छन्।
आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेज स्थापना गरेको हो। तर डेढ दशकसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योगी व्यवसायी सेजमा उद्योग स्थापना गर्न हच्किएका हुन्। भैरहवास्थित सेजबाट बाहिरिने उद्योगमा न्युमेटल इन्डस्ट्रिज प्रालि, सिद्धार्थ पाइप प्रालि, सिद्धार्थ पेट प्लास्ट प्रालिका दुई उद्योग र सुगम नानो हर्बल प्रालि छन्।
अहिले मुलुकको कुल व्यापार घाटा प्रतिमहिना एक खर्ब रुपैयाँ हाराहारी छ। निर्यात भने १० अर्ब रुपैयाँ पनि पुगेको छैन। यस्तो अवस्थामा निर्यातमूलक उद्योगलाई सहुलियत दिएर प्रोत्साहन गर्नुपर्नेमा उल्टै सेजबाट व्यवसायी बाहिरिनुले नराम्रो संकेत गरेको छ। सेजबाट बाहिरिने अधिकांश उद्योगी व्यवसायीले सरकारले सेज स्थापना गरेर निर्यात बढाउने हल्ला गरे पनि त्यसअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन्।
नागिरक दैनिकबाट
प्रतिक्रिया