२० लाख भन्दा बढिको ढुवानीमा भ्याट लगाउन सुझाव

६ बर्ष अगाडि

ढुवानी सेवाको मूल्य अभिबृद्धि कर सम्बन्धी कार्यविधि निमार्णका लागि गठन गरेको सुझाव कार्यदलले अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा कार्यदलले वार्षिक २० लाख रुपैया भन्दा बढिको ढुवानी गर्ने ढुवानीकर्ताले मूल्य अभिबृद्धि करमा दर्ता हुनुपर्ने स्ुझाव दिईएको छ । 

ढुवानी व्यबसायीहरुको मागको सम्बोधन गर्नका लागी कार्यदल गठन गरिएको थियो । कार्यदलले केहि दिन अघि प्रतिवेदन राजस्व सचिवलाई ब्ुझाएको हो । अन्य ब्यवसायको भन्दा आधा कम अर्थात २० लाख रुपैयामा नै भ्याट तिर्न तयार भएपछि  ढुवानीमा भ्याट लगाउने व्यवस्थाको कार्यविधि बन्ने बताइएको छ । 

ढुवानी व्यवसायीमध्ये २० लाख भन्दा कम कारोवार गर्ने व्यवसायी स्वेच्छाले भ्याटमा दर्ता हुन सक्ने छन तर २० लाख भन्दा बढि असुल गरे सो व्यक्ति वा संस्था अनिवार्य रुपमा भ्याटमा दर्ता हुनु पर्नेछ । भाडामा प्रयोग गर्न दिएमा भाडा तिर्ने व्यक्ति भ्याटमा दर्ता हुनुपर्ने छैन ।

कार्यदलले आगामी आर्थिक वर्षका लागि नीतिगत सुधार गर्न सुझाव दिएको छ ।  प्रतिवेदनमा भनिएको छ, “ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको खरिदमा तिरेको मुअ कर कट्टा गर्न पाउने गरी संशोधन गर्नेतर्फ सकारात्मक सोचाइ राखिनुपर्ने छ ।”
 

६ बर्ष अगाडि

प्रतिक्रिया