१५ करोडको लागतमा होटल

६ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी बजारमा  श्रेष्ठ होटल हटस्प्रिङ प्रालिले १५ करोड रुपैयाँको लागत लाग्ने होटलको शिलान्यास गरेको छ । 

१८ महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको होटलमा एट्याज रूमसहित ३२ कोठा, एउटा सभाहल, लिफ्ट र पर्याप्त पार्किङको सुविधा हुने सञ्चालक प्रमोद श्रेष्ठले बताए । 

तातोपानी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि पहिलोपटक ठूलो लगानीमा होटल बन्न लागेको हो । 

आर्थिक अभियानबाट

६ बर्ष अगाडि

प्रतिक्रिया