नेपाली बजारमा सुन प्रतितोला २ सय रुपैयाँ सस्तिएको छ ।
बिहीबारसम्म तितोला सुनको मूल्य ७२ हजार रहेको सुन शुक्रबार ७१ हजार आठ सय रुपैयाँमा झरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १४ सय ६७ डलर ६५ सेन्टमा कारोबार भइरहेको छ । हिँजो प्रतिऔंस १४ सय ६६ डलर थियो।
बजारमा चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ।
बिहीबार प्रतितोला आठ सय ६० रुपैयाँ रहेको चाँदी आज प्रतितोला आठ सय ५५ रुपैयाँ कायम रहेको छ।
प्रतिक्रिया