अलैँचीले बजार नपाएपछि कृषक समस्यामा

६ बर्ष अगाडि

व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका पर्वतका किसान यतिखेर अलैँची बिक्री नहुँदा समस्यामा परेका छन् । 

जिल्लाको मोदी, कुश्मा, फलेबास र महाशीला गाउँपालिकामा व्यावसायिकरुपमा अलैँची खेती गर्दै आएका कृषकले अलैँचीले बजार नपाएको गुनासो गरेका हुन् । यी क्षेत्रमा झण्डै २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । 

पर्वतको मोदी गाउँपालिका–१ भूकका किसानले राम्रो आम्दानी हुने भन्दै खरबारी, करेसा र कोदो फल्ने बारी मासेर अलैँची रोपेका थिए । कुनै समय प्रतिमन रु एक लाख २५ हजारमा बिक्री भएको अलैँची अहिले मुस्किलले रु २३ हजारमा बिक्री गर्न बाध्य हुनुपरेको अगुवा कृषक केवी गुरुङले गुनासो गरे । 

यहाँ २०० रोपनी जग्गामा अलैँचीखेती गरिएको छ । अलैँचीखेती गर्दा करीब रु एक करोड खर्च भए पनि बिक्री नहुँदा लगानी खेर जाने अवस्था रहेको उनले बताए।
पर्वतमा यस वर्ष २०० मन अलैँची उत्पादन भएको छ । 

गतिलो मूल्य नपाउँदा कृषकले अलैँची थन्क्याएर राख्न बाध्य भएका छन् । गतिलो मूल्य नपाएपछि घरमै राखिएको भोक्सिङका कृषक नारायण गुरुङले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया