४ युवा मिलेर १८ करोड रुपैयाँ लगानीमा ग्यास उद्योग

६ बर्ष अगाडि

कञ्चनपुरमा १८ करोड रुपैयाँ लगानीमा एलपी ग्यास उद्योग सञ्चालन गरिने भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ मोतीबस्तीमा ४ जना युवा व्यवसायीले संयुक्त लगानीमा ‘शुक्लाफाँटा ग्यास इन्डस्ट्रिज’ सञ्चालनमा ल्याउन लागेका हुन् । 

उद्योगमा स्थानीय अमरबहादुर तिरुवा, प्रकाश दर्जी, दीपक दर्जी र दिलीप वडको लगानी रहेको छ। २ बिगाहा क्षेत्रफलमा रहने उद्योगको भौतिक संरचना निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ । 

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्योगको शिलान्यास गरेका थिए । 
अर्थिक अभियान दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया