सुनचाँदीको भन्सार बढ्यो, अब झन् महंगो हुने

६ बर्ष अगाडि

सरकारले सुनचाँदीको भन्सार बढाएको छ । 

सुनको भन्सार शुल्क प्रति १० ग्राम रु ६५ र चाँदीको प्रति १० ग्राम रु ७५ पु¥याएको हो । 

यसअघि सुनको भन्सार प्रति १० ग्राम ५ हजार र चाँदीको ५६ मात्र थियो । 

नेपालमा भन्दा भारतमा सुनचाँदी सस्तो भएको कारण नेपालबाट भारत तस्करी भएको आशंकामा भन्सार शुल्क बढाएको राजश्वसचिव शिशिर ढुंगानाले बताए । 

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले सुनचाँदीको भन्सार बढाएको जनाइएको छ । 

भारतमा मूल्यका आधारमा १० प्रतिशत भन्सार तोकिएको भएपनि नेपालमा भने तौलका आधारमा भन्सार मूल्यांकन हुन्छ। 

दशैंको बेला सुनको भाउ धेरै नघट्दापनि कारोबार अस्वभाविक रुपमा बढेपछि अध्ययन गर्दा सुन भारत जान थालेको तथ्य फेला परेको अर्थ मन्त्रालयले जनाएको छ । 

सुनको अन्तराष्ट्रिय मूल्य बढेपछि तिजको बेला नेपालमा सुन कारोबाट न्यून भएपनि भारतमा भन्दा नेपालमा सुन सस्तो भएको थाहा पाएपछि दशैंको समयमा भारततर्फ गएको अर्थको भनाई छ । 

दशैंअघि बैंकसँग साढे पाँच सय किलो सुन रहेकोमा अहिले घटेर २ सय ३५ किलोमात्र रहेको बैंकर्स संघको तथ्यांक छ । 

साउनदेखि वाणिज्य बैंकहरूले नयाँ सुन आयात बन्द गरेको भएपनि वसायीबाट सुनको माग बढेपछि कात्तिकमा दुई सय किलो नयाँ सुन आयात गरेका थिए । 

मोफसलमा सुनको माग बढ्न थालेको र मोफसलको त्यो सुन धेरै भारत जान थालेको राजस्व कार्यालयको दावी छ । 

भन्सार बढेपछि सुनचाँदीकाे मूल्य बढ्छ । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया