विदेशबाट संचालित २ दर्जन कलेज खारेज गर्ने सरकारको तयारी

६ बर्ष अगाडि

सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जनबढि विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । 

नेपालमा दर्ता समेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौं लगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो ।

प्रकृयागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताए । 

सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया