धान खरिदमा  दलाल र खाद्य संस्थान बीच मिलेमतो, किसान मारमा

६ बर्ष अगाडि

नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको छ ।

धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको छ। दलाललाई धान किन्ने अवसर दिन संस्थानले करिब ४ महिना समय नै दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

किसानलाई धानको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०७५र७६ का लागि मन्त्रिपरिषद्को २०७५ साउन २३ गतेको निर्णयबाट रोपाइँ हुँदाकै समयमा न्यूनतम मूल्य तोकिएको थियो।

मन्त्रिपरिषद्को साउन २३ को निर्णयमा मोटा धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकिएको थियो।  
नागरिक दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया