अमेरिकी रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले प्रमुख कार्यकारी ईस्टर ब्रुकलाई पदबाठ हटाएको छ ।
बुकले कर्मचारीसँग प्रेम सम्बन्ध राखेका कारण उनलाई हटाईएको हो ।
ब्रुकले सहमतिमै प्रेम सम्बन्ध राखेको भए पनि कम्पनिको नेतृत्वमा रहेर कम्पनिको निती र अनुसाशन उल्लघन गरेको आरोप कम्पनिले लगाएको छ ।
ब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको महशुस भएको र कम्पनीको मूल्य र मान्यतालाई ध्यान दिँदै जागिर छोड्न निर्णय गरिसकेको बताएका छन ।
बेलायती नागरिक ५२ वर्षीय ब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन्। उनि बेलायती नागरिक हुन ।
म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुखको रुपमा क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ।
प्रतिक्रिया